बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन्।
शनिबार साँझ राष्ट्रपति निवास शीतल निवास पुगेर ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
पछिल्लो समय राजावादीको सक्रियता बढेसँगै राजनीतिक दलहरू उच्चस्तरीय छलफलमा जुटेका छन्। यद्यपि राष्ट्रपतिको कार्यालयले भने प्रधानमन्त्री र राष्ट्रपतिको भेटवार्ता नियमित भेटघाटको श्रृंखला भएको दाबी गरेको छ।
लामो समयदेखि पोखराको भ्रमणमा रहेका पूर्वराजा भोलि काठमाडौं फर्किने तयारीमा छन्। उनको स्वागतका लागि हजारौं समर्थकहरू विमानस्थलमा उतार्ने राप्रपालगायत राजावादीहरूको तयारी छ।
राजावादीको सक्रियता बढिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया