बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले राजधानीकाे सुरक्षा व्यवस्था कडा पारिएको भन्दै कसैकाे आन्दाेलनबाट काेही डराउनुपर्ने वा काेही उत्साहित हुन जरुरी नभएकाे बताएका छन्।
सुर्खेतमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले कसैले कुनै पनि आन्दाेलन गर्न पाउनु लाेकतन्त्रकाे उदारता रहेकाे भन्दै त्यही उदारतका कारण पूर्वराजाहरू पनि लाेकतान्त्रिक व्यवस्थामै रहेकाे बताए।
उनले राजावादीहरूकाे आन्दाेलनबाट ज्ञानेन्द्र शाह हाैसिन जरुरी नभएकाे भन्दै त्यसबाट आम नागरिक भयभित हुन पनि जरुरी नभएकाे बताए।
‘गणतन्त्रकाे विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा ज्ञानेन्द्र शाह हाैसिन आवश्यक छैन’ उनले भने ‘हाम्राे लाेकतन्त्र यति उदार छ कि जनताले फालेका राजा पनि यही लाेकतन्त्र उपभाेग गरेर बसिरहेका छन्। त्यसैले काेही डराउनुपर्ने वा काेही उत्साहित हुन जरुरी नै छैन।’
पाेखरामा आसपासकाे लामाे समयकाे बसाईंपछि आज ज्ञानेन्द्र शाह काठमाडौं फर्किदैंछन्। उनलाई विमानस्थलबाट स्वागत गर्नका लागि राप्रपालगायत थुप्रै राजावादी संघसंगठनहरूले त्यहाँ जम्मा हुन आह्वान गरेका छन्।
त्यसका लागि काठमाडौंको सुरक्षा व्यवस्था पनि कडा पारिएकाे छ। केही दिनयता देशव्यापीरुपमा राजतन्त्रको पक्षमा दिनहुँजसाे प्रदर्शन हुन थालेकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया