बिएल संवाददाता
नेकपा एमाले र काँग्रेस मिलेर बनेको सरकारका कारण अहिले ‘राजावादी’हरू उग्र हुन थालेको भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई रोक्ने जिम्मेवारी पनि माओवादीकै रहेके बताएका छन्।
‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं’ उनले भने ‘माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा छ।’
काठमाडौंलगायत देशभरि राजावादीहरूको प्रदर्शन बढ्न थालेपछि एक महिने तराई मधेस जागरण अभियान स्थगित गरेर प्रचण्डसहित माओवादीका सबै नेताहरू काठमाडौं फर्किएका छन्।
काठमाडौं फर्किएपछि नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्नका लागि सोमबार पदाधिकारी बैठक बोलाएको पनि जानकारी दिए।
प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको पनि बताए।
‘हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं’ उनले भने ‘यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ। जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया