बिएल संवाददाता
पोखरा भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।
समिट एयरको चार्टर्ड विमानमार्फत आइतबार अपराह्न काठमाडौं उत्रिएका पूर्वराजालाई एयरपोर्टबाट निस्केका छन्। समर्थकहरूको र्यालीसहित उनी निजी निवास निर्मल निवासतर्फ मोडिएका छन्।
विमानस्थलको प्रवेशद्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरूको अभिनन्दन स्वीकार गरेका थिए।
समर्थकहरूले पूर्वराजाको पक्षमा चर्को नाराबाजी गर्दै चक्रपथको बाटो हुँदै उनको निवासतर्फ लागेका छन्।
स्वागतमा चक्रपथको एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज क्षेत्रमा समर्थकको बाक्लो भिड लागेको छ।
पोखरामा राजावादीहरूले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए।
काठमाडौं उत्रिएलगत्तै पूर्वराजाले राजावादी नेताहरूसँग विमानस्थलमै छलफल गरेका थिए।
राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया