बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना रकम बुझाएको छ।
आइतबार पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्ने क्रममा एयरपोर्ट क्षेत्रमा फोहोरमैला गर्दै वातावरण प्रदुषण गराएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो।
उक्त जरिवाना रकम राप्रपाले सोमबार नै तिरेको छ। महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगरको कार्यालय कमलादीमा पुगेर जरिवाना तिरेका हुन्।
शाहीले जरिवाना तिरेको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले राप्रपा सुशासन र विधिको शासन मान्ने पार्टी भएकोले महानगरको जरिवाना स्वीकार गरेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ। राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौंl १ लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया