बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना रकम बुझाएको छ।
आइतबार पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्ने क्रममा एयरपोर्ट क्षेत्रमा फोहोरमैला गर्दै वातावरण प्रदुषण गराएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो।
उक्त जरिवाना रकम राप्रपाले सोमबार नै तिरेको छ। महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगरको कार्यालय कमलादीमा पुगेर जरिवाना तिरेका हुन्।
शाहीले जरिवाना तिरेको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले राप्रपा सुशासन र विधिको शासन मान्ने पार्टी भएकोले महानगरको जरिवाना स्वीकार गरेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ। राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौंl १ लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया