बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा ‘राजावादी’हरू उक्साउन लागि परेको भन्दै भारतीय नेता तथा धर्मगुरुहरूलाई कडा चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा एउटा सन्देश लेख्दै उनले जसरी भारतमा ‘राजा,नवाव र महाराजाहरू’ फेरि ल्याउन सम्भव छैन त्यसैगरी नेपालमा पनि सम्भव नभएको प्रस्ट पारेका छन्।
नेपालमा राजा चाहियो भनेर वकालत गर्नुभन्दा पहिला भारतमै त्यसो गर्न पनि उनले चेतावनी दिएका छन्।
‘अहिले कतिपय भारतिय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन्। विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन्’ उनले भनेका छन् ‘नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने बताईरहेका छन्। उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरूलाई पुनस्थापित गर्दा भयो नि। तर त्यो सम्भव छैन। किनकी भारतीय संविधानले त्यसो गर्न दिँदैन। नेपालको हकमा पनि त्यस्तै त हो नि! हैन र?’
उनले कसरी भारतमा अंग्रेजले ती राजा, महाराजाहरूलाई आफ्नो अधीनमा राखेका थिए भनेर एउटा उदाहरण पनि दिएङ्का छन्।
‘ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरँहदा ५५० भन्दा बढी रियासतहरूलाई आफ्नो अधिनमा राखेका थिए। तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरु थिए। त्यसमध्ये अधिकांश हिन्दु थिए। जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो’ उनले लेखेका छन् ‘सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए। कतिपयले अधिनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया