बिएल संवाददाता
मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा मन्त्रीहरूले विभिन्न विधेयकहरू छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
आजको संसद बैठकमा प्रमुख पतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। हिजो सभामुखसँग सचेतकहरूको बैठकमा प्रचण्डले आजको संसद बैठकमा बोल्नका लागि समय मागेका थिए।
यता प्रचण्डले सम्बोधन गर्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। ओली आज कोशी प्रदेश सभालाई सम्बोधन गर्न विराटनगर पुगेका छन्।
यसअघि पनि संसदमा प्रचण्डको सम्बोधन प्रधानमन्त्री ओलीले बहिष्कार गरेका थिए। जसको प्रचण्डले संसदमै असन्तुष्टी जनाएका थिए।
त्यस्तै आजको संसद बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल र अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया