बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको इतिहास फराकिलो उदार भएको भन्दै त्यो उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन्। संसदमा विशेष सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारकै कारण राजावादीहरू सडकमा आएको पनि दाबी गरे।
‘नेपालको शान्ति प्रक्रियामात्रै होइन गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार थियो। संसारमा सबै ठाउँमा गणतन्त्रको इतिहास राजतन्त्रको रगतले लेखिएको छ। तर नेपालमा त्यस्तो भएन’ उनले भने ‘हामीले पूर्वराजालाई शान्तिपूर्ण रुपमा सुरक्षित ठाउँमा राखेर हामीले गणतन्त्रको शान्तिपूर्ण स्थापना गरेका हौं।’
प्रचण्डले यही लोकतान्त्रिक व्यवस्थाभित्रै आफ्नो ठाउँ बनाउन र अस्तित्व कायम राख्न पनि राजावादी दलहरूलाई आग्रह गरेका छन्।
‘हिँज गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो। आज राजतन्त्रवादी साथीहरू हामीसँग सँगै संसदमा हुनुहुन्छ’ उनले भने ‘लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्। हामीलाई आपत्ति छैन। लोकतन्त्र जित प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहका लागि पनि हो।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया