बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरू असन्तुष्ट र आक्रोशित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पटक्कै चित्त बुझाउन नसकिने बताए ।
उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरू आक्रोशित पनि छन् । यो आक्रोशलाई नजरअन्दाज गर्नु हुदैन भन्ने कुरा म पनि मान्छु । ती जनताहरूको कुरा सुन्नुपर्छ र उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु। तर उनीहरू किन रिसाएका छन् भन्ने कुरामा- अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आयो त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिँदैन।’
उनले प्रतिपक्ष दलको काम प्रश्न नै गर्ने भएपनि समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरी प्रश्न नगर्न आग्रह गरे।
उनले भने, ‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, गर्नैपर्छ। तर हामीले यसरी व्याख्या गर्छौं कि यो समस्या होईन संकट हो । गयो-गयो डुब्यो, सक्यो, भत्कियो, म हुदाँ ठिक थियो, म नहुदाँ सकियो।’
म भन्दा राम्रो कोही छैन् म र मेरो समुह बाहेक बाँकी रहेको मानिसहरू सब खत्तम, सब भ्रष्ट र अयोग्य हुन् भन्ने प्रवृत्ति छोड्नु पर्ने उनले टिप्पणी गरे।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया