बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले होली पर्वले अन्यायविरुद्ध लड्न प्रेरणा दिने बताएका छन्।
बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अन्यायविरुद्ध लड्न होली पर्वले प्रेरणा दिने अपेक्षा व्यक्त गरे।
‘होली न्यायको प्रतिक पर्व हो। अन्याय गर्नेहरू अन्याय गरिरहन चाहन्छन्। तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ। होली त्यसैको प्रतिबिम्व हो। अहिलेको राजनीतिक परिवेशमा सभापतिमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरू चलिरहेको छ। त्यो एकप्रकारको अन्याय हो। सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ। त्यो एउटा अन्याय हो। त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ।’
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताए। आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिएका हुन्।
‘संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्। गौरव गर्ने भनेकै हाम्रा संस्कार, संस्कृति, धर्म हो। यो रङहरूको पर्वले नेपालीहरूको मौलिकता झल्काउँछ। सौहार्दपूर्ण वातावरणमा होली मनाउनुपर्छ,’ उनले भने।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया