बिएल संवाददाता
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अशोक राईले पूर्वराजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन सुझाव दिएका छन्।
बुधबार जनकपुरधाममा आयोजित सपथ ग्रहणसभा तथा पार्टी प्रवेश र होली मिलन समारोहमा बोल्दै अध्यक्ष राईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सडकमा प्रर्दशन गर्नुभन्दा चुनाव लडेर सत्तामा आउन सुझाव दिएका हुन्।
उनले भने, ‘लोकतन्त्रमा विरोध गर्ने अधिकार छ। राजतन्त्रमा विरोध जुलुस निकालेको भए कारबाही हुन्थ्यो, त्यसैले लोकतन्त्र वैज्ञानिक शासन प्रणाली हो।’
उनले राजावादीहरूले काठमाडौंमा गरेको प्रर्दशनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलित हुनु नपर्ने बताए। अध्यक्ष राईले जनताले खोजेको जस्तो संघीयता आउन नसकेको स्वीकार गर्दै जे जस्तो भएपनि संघीयतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघीयता विरोधी रहेको बताए।
अध्यक्ष राईले छिटै नै प्रतिनिधिसभाले निजामती सेवा ऐन पास गर्ने जानकारी दिए। उनले बर्खे अधिवेशनमा सो ऐन पास हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे। त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन समितिमा छलफलको लागि गएको र यो ऐन पास भएपछि संघीयताको वास्तविक अभ्यासको थालनी हुने बताए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जनाभन्दा बढी युवाहरूले जसपा प्रवेश गरेका छन्। साथै हाल गठन भएको प्रदेश समितिका पदाधिकारीहरूले सपथ ग्रहणसमेत गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया