बिएल संवाददाता
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले ग्रीन कार्डधारीहरूलाई सधैभरि अमेरिकामा बस्ने अधिकार नभएको बताएका छन्। उनले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै अमेरिकाले उनीहरूलाई जतिबेला पनि उनीहरूको मूल देशमा डिपोर्ट गर्न सकिने पनि बताए।
‘अमेरिकाले ग्रीन कार्ड दिनुको अर्थ उनीहरूलाई सधैभरि अमेरिकामा बस्ने अधिकार दिइएको होइन। त्यो अमेरिकामा बस्नका लागि गरिएको ग्यारेन्टी पनि होइन’ अमेरिकी एक टेलिभिजनलाई अन्तर्रवार्ता दिँदै उनले भनेका छन् ‘उनीहरूलाई जीवनभरि अमेरिकामा बस्ने कानुनी अधिकार छैन। यो निकै सरल र सिधा कुरा छ।’
कुनै आप्रवासीले ग्रीन कार्ड पाउनुको अर्थ उनीहरू त्यहाँका नागरिकसहर हुनु हो। उनीहरूलाई त्यहाँ रहन र काम गर्ने अनि अमेरिकी नागरिकसरह सेवासुविधाको पनि अधिकार रहन्छ। तर उपराष्ट्रपति भेन्सले भने ‘ग्रीन कार्ड’को अर्थ अमेरिकामै स्थायी हुनु नभएको दाबी गरेका छन्।
‘यो हाम्रो राष्ट्रिय सुरक्षाको कुरा हो। त्यसको सवालमा आवश्यक पर्यो भने उनीहरूलाई निस्कासन गर्ने अधिकार अमेरिकी सरकारसँग छ’ उनले भने ‘यो अमेरिकी जनताको सवाल हो। अमेरिकाका लागि यहाँका मूल वासिन्दाभन्दा माथि कोही छैन।’
आप्रवासीप्रति निकै कडा र निर्मम हुँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ लुकिछिपी बसेकाहरूलाई सम्बन्धित देशमा डिपोर्ट गर्ने अभियान सुरु गरिसकेका छन्। पहिलो खेपमा अमेरिकाले १० जना नेपाली पनि यहाँ ल्याएर छोडिदिएको छ। पहिलो चरणमा अमेरिकाबाट निस्कासनको सूचीमा लगभग १३६५ नेपाली छन्।
योसँगै ट्रम्पले अमेरिकी नागरिकताको महंगो मूल्य पनि सार्वजनिक गरिसकेका छन्। विश्वका धनी व्यक्ति र परिवारका लागि भन्दै उनले ‘ट्रम्प गोल्ड कार्ड’ मार्फत अमेरिकी नागरिकता दिने घोषणा गरेका छन्। कसैले चाहेमा ५० लाख अमेरिकी डलर तिरेर त्यो नागरिकता किन्न सकिन्छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया