बिएल संवाददाता
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पूर्वविशिष्टहरूलाई आजीवन सुविधाको नाममा सरकारले जनतामाथि ऋणको भारी लाद्ने कोसिस गरेको आरोप लगाएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सिंहले आमनागरिकहरू पहिलेदेखि नै चरम महंगाई, कर, कुशासन र बेरोजगारीले परेशान भइरहेको अवस्थामा पुर्व पदाधिकारीहरूलाई आजीवन सुविधा दिने लज्जास्पद काम गर्न लागेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरी हुन्छन्। तर यहाँ त शासन गर्ने राजनीतिक दलका नेताहरू नै आफ्नो सुख सुविधाका ऋणको भारी जनतामाथि लाद्ने कोसिस गरेको छ। आम नागरिक पहिलै चरम महंगाई, कर, कुशासनले परेशान भएका छन्। देशमा रोजगारी छैन, युवा जती विदेशको गल्लीहरूमा भौतारिन परेको छ। तर पुर्व पदाधिकारी हरु लाई आजिवन सुविधा दिनेसम्म लज्जास्पद कुरा गर्न समेत भ्याएका छन।’
उनले आजीवन सुविधा नै दिनुपर्ने पूर्वपदाधिकारीहरूको योगदान के? भन्दै प्रश्न गरेका छन्। त्यस्तै उनले देश बर्बाद गर्ने उनीहरूलाई आजीवन सुविधा नभइ आजीवन जेल सजाय हुनुपर्ने माग गरेका छन्।
उनले भनेका छन्, ‘पूर्वपदाधिकारीहरू को योगदान के? यिनिहरूलाई त राष्ट्र बर्बाद गरेकोमा आजीवन जेल सजाय हुनुपर्छ। पदमा हुँदा पनि लुट्ने नहुँदा पनि लुट्न खोज्ने?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया