बिएल संवाददाता
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पूर्वविशिष्टहरूलाई आजीवन सुविधाको नाममा सरकारले जनतामाथि ऋणको भारी लाद्ने कोसिस गरेको आरोप लगाएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सिंहले आमनागरिकहरू पहिलेदेखि नै चरम महंगाई, कर, कुशासन र बेरोजगारीले परेशान भइरहेको अवस्थामा पुर्व पदाधिकारीहरूलाई आजीवन सुविधा दिने लज्जास्पद काम गर्न लागेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरी हुन्छन्। तर यहाँ त शासन गर्ने राजनीतिक दलका नेताहरू नै आफ्नो सुख सुविधाका ऋणको भारी जनतामाथि लाद्ने कोसिस गरेको छ। आम नागरिक पहिलै चरम महंगाई, कर, कुशासनले परेशान भएका छन्। देशमा रोजगारी छैन, युवा जती विदेशको गल्लीहरूमा भौतारिन परेको छ। तर पुर्व पदाधिकारी हरु लाई आजिवन सुविधा दिनेसम्म लज्जास्पद कुरा गर्न समेत भ्याएका छन।’
उनले आजीवन सुविधा नै दिनुपर्ने पूर्वपदाधिकारीहरूको योगदान के? भन्दै प्रश्न गरेका छन्। त्यस्तै उनले देश बर्बाद गर्ने उनीहरूलाई आजीवन सुविधा नभइ आजीवन जेल सजाय हुनुपर्ने माग गरेका छन्।
उनले भनेका छन्, ‘पूर्वपदाधिकारीहरू को योगदान के? यिनिहरूलाई त राष्ट्र बर्बाद गरेकोमा आजीवन जेल सजाय हुनुपर्छ। पदमा हुँदा पनि लुट्ने नहुँदा पनि लुट्न खोज्ने?’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया