बिएल संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँन अनेक प्रपञ्च भइरहेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू कुलमानजस्तो काम गर्ने मान्छेको पक्षमा रहेको भन्दै बरु आफू पदबाट हट्न तयार रहेको तर, कुलमानलाई हटाउन नहुने बताएका हुन्।
उनले भने, ‘मलाई भोलि नै मन्त्रीबाट हटाए पनि पदको लोभ छैन। तर, यो देशमा काम गर्ने मान्छेको लोभ छ। चाहे जनजाति, दलित, खस होस्, हामीले काम गर्ने मान्छेको लोभ गर्नुपर्छ। मैले कुलमान घिसिङको विषयमा काम गर्ने मान्छेलाई निकाल्न हुँदैन भनेको छु। कुलमानजी कुन पार्टीको हो मलाई थाहा छैन, उहाँ मेरो मन्त्रालयको कर्मचारी हो।’
उनले कुलमानलाई हटाउने नियतले मन्त्रालयका सचिवहरूले स्पष्टीकरण सोधेको सोध्यै गरेको भन्दै आपत्ति जनाए। उनले आफू कुलमानको पक्षमा हिजो पनि बोलेको र आगामी दिनमा पनि बोलिनै रहने प्रतिवद्धता व्यक्त गर्दै कुलमानको कामबाट आफू प्रभावित रहेको जिकीर गरे।
उनले भने, ‘म मन्त्री हुनु अगाडि कुमान घिसिङसँग बसेर पाँच कप चिया पनि खाएको छैन। मेरो चिनजान नै राम्रो छैन। तर, मन्त्री भएपछि मेरो कर्मचारी हो उहाँ। म साउन १८ गते मन्त्री भएँ। मैले उहाँले काम गरेको देखेँ। उहाँलाई हाम्रो मन्त्रालयबाट सचिवले स्पष्टीकरण लेखेको लेख्यै गर्छ। उहाँ काम गरेको गर्यै। ए कुलमानजी कहाँ भन्छु? कहिले अपार तामाकोशी, कहिले पूर्वमा, कहिले पश्चिममा।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया