बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको बारेमा आफूले हिजो आम नेपाली जनताको आवाज बोलेको बताएका छन्।
समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा भनेको दाबी गरेका हुन्। उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए।
उनले भने, ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं। पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको थिएँ। मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ। अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ। मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ।’
शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची पुगेका प्रचण्डले ज्ञानेन्द्रलाई भाइमारा, मूर्ति चोर र सुन तस्करको आरोप लगाएका थिए। प्रचण्डको अभिव्यक्तिको समर्थन र विरोधमा चर्चा भइरहेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया