बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको बारेमा आफूले हिजो आम नेपाली जनताको आवाज बोलेको बताएका छन्।
समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा भनेको दाबी गरेका हुन्। उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए।
उनले भने, ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं। पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको थिएँ। मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ। अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ। मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ।’
शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची पुगेका प्रचण्डले ज्ञानेन्द्रलाई भाइमारा, मूर्ति चोर र सुन तस्करको आरोप लगाएका थिए। प्रचण्डको अभिव्यक्तिको समर्थन र विरोधमा चर्चा भइरहेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया