बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजतन्त्रप्रति लक्षित गर्दै वंशको आधारमा शासन गर्नेहरूले देशलाई लुट्नमात्रै जानेको टिप्पणी गरेका छन्।
शनिबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वंशको आधारमा २४० वर्षसम्म शासन सञ्चालन गरेर सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहिएको बताए।
उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने दाबीसमेत गरे।
उनले भने, ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ। अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन। दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो।’
उनले व्यवस्था बदल्न चाहनेहरूलाई अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउन र वंशको शासनको कुरा छाड्न आग्रह गरे।
नेपाल भन्छन्, ‘व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस्। अब यो वंशको शासनको कुरा छाडिदिनुस्। तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन्। देशलाई लुट्नमात्रै जानेका छन्। लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया