बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजतन्त्रप्रति लक्षित गर्दै वंशको आधारमा शासन गर्नेहरूले देशलाई लुट्नमात्रै जानेको टिप्पणी गरेका छन्।
शनिबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वंशको आधारमा २४० वर्षसम्म शासन सञ्चालन गरेर सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहिएको बताए।
उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने दाबीसमेत गरे।
उनले भने, ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ। अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन। दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो।’
उनले व्यवस्था बदल्न चाहनेहरूलाई अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउन र वंशको शासनको कुरा छाड्न आग्रह गरे।
नेपाल भन्छन्, ‘व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस्। अब यो वंशको शासनको कुरा छाडिदिनुस्। तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन्। देशलाई लुट्नमात्रै जानेका छन्। लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया