बिएल संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन्।
शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन्।
उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ। हिजो ०६४ मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौं। अब एकचोटि फेरी हामी आफ्नै जनता र वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।’
साथै उनले संगठनात्मक गतिविधि जुन स्टिममा अगाडि बढ्नुपर्ने हो त्यो पार्टीभित्र नबढेको बताए। उनले पार्टी भित्रको गुटबन्दी, अराजकता, सबै हटाउनुपर्ने बताए।
उनले भने, ‘हाम्रो पार्टी जस्तो स्थितीमा अहिले छ पार्टीभित्रको गुटबन्दी, अराजकता, असाध्यै बढि व्यत्तिवादी आत्मकेन्द्रीत हुने प्रक्रियामा छ। संगठनात्मक गतिविधि जुन स्टिममा अगाडि बढाउनुपर्ने थियो त्यसरी बढेको छैन। त्यसकारण हामीले यो यथास्थितीलाई तोड्नुपर्ने हुन्छ र नयाँ यथार्थतिर, नयाँ प्रक्रियातिर हामी जानुपर्ने हुन्छ भनेर हामीले संकल्प लिएका छौं।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया