बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास र भैसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
सोमबारदेखि लागू हुनेगरी ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जारी गरेको निषेधाज्ञा आगामी २ महिनासम्म जारी रहनेछ।
यूएन हाउस र पुरानो मन्त्री क्वार्टरमा पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्र सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा पूर्वमा भैँसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तर भैसेपार्टी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी सोभित्रको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो।
निषेधाज्ञा लगाइएका ठाउँमा पाँच जनाभन्दा बढी भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न नपाइने जिप्रका ललितपुरले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया