बिएल संवाददाता
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटकको संख्या बढाउनुपर्ने माग गरेका हुन्।
त्यस्तै उनले उनले मन्दिर तथा धार्मिकस्थल वरपर मदिराजन्य पसलहरू राख्न नदिने र यसका लागि निश्चित ठाउँ छुट्याउनुपर्ने बताए।
उनले भने, ‘धार्मिक क्षेत्रमा पूर्णरुपले मदिरा, मासुजन्य पदार्थहरू प्रतिबन्ध गर्नुपर्छ। तर, व्यवसायिक विकासका लागि निश्चित ठाउँहरू तोकेर जानुपर्छ। मदिराको लागि छुट्टै, मनोरञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ। मैले त बारम्बार भन्ने गरेको छु- यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ।’
उनले धार्मिक पर्यटकले खर्च खर्च गर्ने र एडभेन्चरका पर्यटकहरू पनि कम हुने भएकोले धेरै खर्च गराउनका लागि मनोरञ्जन पर्यटनका रुपमा यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने तर्क पेश गरे।
उनले भने,‘मनोरञ्जनका पर्यटकलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया