बिएल संवाददाता
राप्रपा सांसद दिपकबहादुर सिंहले सांसद ज्ञानबहादुर शाहीमाथि एमाले सांसद रघुजी पन्तले अपशब्द बोलेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सांसद पन्तले शाहीमाथि मिस्टर, तपाईं, तिमीजस्ता शब्द प्रयोग गरेको भन्दै सचेत गराउन माग गरेका हुन्।
सांसद सिंहले शाहीमाथि अपशब्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि माग गरे।
उनले भने, ‘हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर माननीय सांसद जुम्लाका ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानी भयो। तिमी र तपाईं मिस्टर भनेर सम्बोधन भयो। ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा बढी मतले जित्नु भएको हो। संसदमा मर्यादाहिन तरिकाले पेस हुनु गैरजिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ। ती सांसदलाई सचेत हुनको लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु,’ उनले भने।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया