बिएल संवाददाता
जुम्लाबाट माओवादीकी समानुपातिक सांसद छिरिङ ल्हामुले जुम्लाबाटै प्रत्यक्ष निर्वाचित राप्रपा सांसद ज्ञानबहादुर शाहीलाई राजाको इतिहास जान्ने मन भए निःशुल्क पढाइदिन तयार रहेको बताएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत सांसद ल्हामुले आइतबार एमाले सांसद रघुजी पन्तले एउटा इतिहास पढाइदिएको र शाहीलाई अझै इतिहास जान्न मन भए आफूले पनि थप इतिहास पढाइदिन तयार रहेको टिप्पणी गरेकी हुन्।
उनले भनेकी छन्, ‘विरेन्द्रको परिवार मारिए लगत्तै हत्त न पत्त श्रीपेच खोसेर लगाएका ज्ञानेन्द्र त नक्कली राजा हुन्। शाहवंशको इतिहासले त्यहि भन्छ। राजावादीले आफ्नै राजामाथि विभेद गर्ने। नजाने इतिहास पढ्न आउनुहोस्। म तपाईंलाई नरभूपालदेखि पारससम्मको इतिहास निःशुल्क पढाइदिन्छु। यो तपाईंको लागि आवश्यक छ। तपाई मेरै जिल्लाको भाई भएकाले यो अफर दिएको नत्र अन्य राजावादीलाई शुल्क लाग्छ।’
त्यस्तै उनले सांसद शाही अन्धकारमा रहेको र उल्टो खोलो फर्काउन हिँडेको टिप्पणी गरेकी छन्। उनी भन्छिन्, ‘हाम्रा जुम्लाका माननीय ज्ञानबहादुरले सुख्खा खोलो बोक्नु कति अज्ञानी बन्नु भएको हँ?’
उनको स्टाटस जस्ताको त्यस्तैः
हिजो संघीय संसदमा माननीय रघुजी पन्तले माननीय ज्ञानबहादुर शाहीलाई इतिहास पढाउनुभयो। मैले पनि माननीय ज्ञानबहादुरलाई अर्को इतिहासको पनि अवगत गराउन चाहन्छु। तत्कालिन राजा महेन्द्र शाहको जेठो छोरो रविन्द्र शाह राजा हुनुपर्नेमा दरबारीयाले रोलक्रम मिचेर जबरजस्ती बिरेन्द्र शाहलाई राजा बनाए। रविन्द्रलाई एकजना अविवाहित महिला गीता गुरुङबाट जन्मेको पहिलो सन्तान भएकै कारण अपहेलित गरेर राजदरवार बाहिर राखिएको थियो। शाहकालिन इतिहास वर्ग र जातमा विभेद गर्ने नश्लिय चिन्तनले ग्रस्त सामन्ती सोचको जड थियो भन्ने यहाँबाट पुष्टि हुन्छ। माननीय ज्ञानबहादुरले अहिले बोकेको अहिलेको पूर्वराजा काँही कतैबाट राजा होइनन्।
माननीय ज्ञानबहादुर शाही बतास जस्तै बनेर इतिहास नबुझी फोकटमा ब्यापारी ज्ञानेन्द्रको खुट्टा ढोगिरहेका छन्।
कि भन्नु परो ‘जसको सिता खाइ उसको गीता गाइ’ भनेर, होइन भने तपाईं अन्धकारमा हुनुहुन्छ माननीय ज्ञानबहादुर। उल्टो खोलो फर्काउन हिँडेका हाम्रा जुम्लाला माननीय ज्ञानबहादुरले सुख्खा खोलो बोक्नु कति अज्ञानी बन्नु भएको हँ?
तपाइले बोक्ने नै हो भने महेन्द्रको जेठो सन्तान बोक्नुस्। नभए उनको पनि जेठो सन्तान बोक्नुस्। भरिया नै बन्ने हो भने सक्कली मालिकको बन्नुस्। रोलक्रम मिचेर राजा भएका विरेन्द्रको परिवार मारिए लगत्तै हत्त न पत्त श्रीपेच खोसेर लगाएका ज्ञानेन्द्र त नक्कली राजा हुन्। शाह वंशको इतिहासले त्यहि भन्छ। राजावादीले आफ्नै राजामाथि विभेद गर्ने। नजाने इतिहास पढ्न आउनुहोस्। म तपाईलाई नरभूपालदेखि पारससम्मको इतिहास निःशुल्क पढाइदिन्छु। यो तपाईंको लागि आवश्यक छ। तपाई मेरै जिल्लाको भाई भएकाले यो अफर दिएको नत्र अन्य राजावादीलाई शुल्क लाग्छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया