बिएल संवाददाता
राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्वको जिम्मा पाएका नवराज सुवेदीले राप्रपा परित्याग गरेका छन्।
सोमबार राजावादी मोर्चाको भेलामा ८६ वर्षीय सुवेदी राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। उनले अब राजावादी मोर्चाको सर्वस्वीकार्य नेतृत्व बन्नका लागि आफूले अब पार्टीगत राजनीति त्यागेको घोषणा गरेको बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्र सुवेदी राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षसमेत हुन्। पूर्वराजको आह्वानमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीको तयारी भएको थियो।
सुवेदीको नेतृत्वमा राजावादी आन्दोलनका लागि मोर्चा गठन भएपछि दुई राप्रपाका अध्यक्षहरूले असन्तुष्टि जनाएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका थिए।
सोमबार बोलाइएको राजावादी मोर्चाको बैठकमा दुवै राप्रपाका अध्यक्ष सहभागी नै भएनन्। यद्यपि अध्यक्षबाहेकका प्राय सबै नेताहरू मोर्चाको बैठकमा सहभागी थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया