बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीले राजावादीहरू विरुद्ध चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाखभन्दा बढी जनता उतार्ने दाबी गरेको छ।
सोमबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले जनता राजावादीहरूसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणित गर्न विरोधसभा गर्न लागेको जानकारी दिए।
उनले भने, ‘चैत १५ गते नेकपा एसले एउटा जनप्रदर्शनको आयोजना गर्दैछ। त्यसलाई भव्य र सफल बनाउन समाजवादीको तर्फबाट अधिकतम प्रयास गर्ने विषयमा छलफल भयो। राजावादीहरूले गरेको गतिविधिहरूलाई खण्डन गर्ने र जनता गणतन्त्रवादीसँगै छन्, नाटकीय ढंगले प्रचार गर्दैमा जनता राजावादी हुँदैनन भन्ने देखाउनको लागि र जनताको आकांक्षा सडकमा प्रर्दशन गर्ने हाम्रो पहिलो प्रयास हो। लाखभन्दा माथि नै जानुपर्छ भन्ने तरिकाले कोशिस गर्नेछौं।’
उनले राजसंस्था आउने सम्भावना नरहेको भन्दै यसलाई चुनौतीको रुपमा भन्दा पनि जनता आफूहरूसँगै छन् भन्ने दाबीलाई देखाउने मात्र उद्देश्य रहेको बताए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया