बिएल संवाददाता
राजावादी मोर्चाले नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरेको छ।
सोमबार डिल्लीबजारमा बसेको बैठकले राजसंस्था पुनःस्थापनाका लागि दवाब दिने उद्देश्यले आन्दोलन घोषणा गरेको मोर्चाले जनाएको छ।
बैठकले राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीको संयोजकतामा ११ सदस्य राष्ट्रिय आन्दोलन निर्देशन समिति गठन गरेको छ। तर, समितिमा प्रमुख राजावादी दल राप्रपाकै अध्यक्ष राजेन्द्र लिङदेनको घोर अपमान गरिएको छ।
११ सदस्यीय समितिमा लिङदेनलाई वर्णानुक्रममा १० नम्बरमा राखिएको छ। यतिसम्म कि कमल थापा, दूर्गा प्रसाईं, रविन्द्र मिश्रलाई समेत उनीभन्दा माथि राखिएको छ। राप्रपाले समितिप्रति असन्तुष्टि जनाएको छ।
यता राप्रपाका शीर्ष नेताहरू उपेक्षामा पर्दा राजतन्त्र पुनःस्थापना आन्दोलनमा एमालेका नियुक्ति खाएका नेताहरू समेत समावेश भएका छन्।
राजावादी मोर्चाले गठन गरेको पाँच सदस्यीय सल्लाहकार समितिमा डा. जगमान गुरुङ र डा. राजेश अहिराज पनि परेका छन्। गुरुङ र अहिराज हालका प्रधानमन्त्री केपी ओलीबाटै नियुक्ति लिएका व्यक्तिहरू हुन्।
गुरुङलाई ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाएका थिए। अहिराजले तत्कालिन ओली सरकारबाट मधेस प्रदेशको प्रदेश प्रमुखको नियुक्ति पाएका थिए।
त्यस्तै निर्देशन समितिबाट आन्दोलन परिचालन समितिको संयोजकको जिम्मा डा. धवल शमशेर राणाले पाएका छन्। उनी २०५४ सालमा एमालेबाट नेपालगंज नगरपालिकाको मेयर निर्वाचित भएका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया