बिएल संवाददाता
राजावादी मोर्चाले नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरेको छ।
सोमबार डिल्लीबजारमा बसेको बैठकले राजसंस्था पुनःस्थापनाका लागि दवाब दिने उद्देश्यले आन्दोलन घोषणा गरेको मोर्चाले जनाएको छ।
बैठकले राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीको संयोजकतामा ११ सदस्य राष्ट्रिय आन्दोलन निर्देशन समिति गठन गरेको छ। तर, समितिमा प्रमुख राजावादी दल राप्रपाकै अध्यक्ष राजेन्द्र लिङदेनको घोर अपमान गरिएको छ।
११ सदस्यीय समितिमा लिङदेनलाई वर्णानुक्रममा १० नम्बरमा राखिएको छ। यतिसम्म कि कमल थापा, दूर्गा प्रसाईं, रविन्द्र मिश्रलाई समेत उनीभन्दा माथि राखिएको छ। राप्रपाले समितिप्रति असन्तुष्टि जनाएको छ।
यता राप्रपाका शीर्ष नेताहरू उपेक्षामा पर्दा राजतन्त्र पुनःस्थापना आन्दोलनमा एमालेका नियुक्ति खाएका नेताहरू समेत समावेश भएका छन्।
राजावादी मोर्चाले गठन गरेको पाँच सदस्यीय सल्लाहकार समितिमा डा. जगमान गुरुङ र डा. राजेश अहिराज पनि परेका छन्। गुरुङ र अहिराज हालका प्रधानमन्त्री केपी ओलीबाटै नियुक्ति लिएका व्यक्तिहरू हुन्।
गुरुङलाई ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाएका थिए। अहिराजले तत्कालिन ओली सरकारबाट मधेस प्रदेशको प्रदेश प्रमुखको नियुक्ति पाएका थिए।
त्यस्तै निर्देशन समितिबाट आन्दोलन परिचालन समितिको संयोजकको जिम्मा डा. धवल शमशेर राणाले पाएका छन्। उनी २०५४ सालमा एमालेबाट नेपालगंज नगरपालिकाको मेयर निर्वाचित भएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया