बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले त्यो बेला ‘मूर्खता नगरेको भए’ अझै केही वर्षसम्म रहन सक्थे भनेका छन्।
‘त्यो बेला उनले मूर्खता नगरेको भए, पटक पटक लात हान्दा पनि उनकै पछि सात दलहरूले भनेको मानेको भए सायद अरु केही वर्ष उनी रहनसक्थे’ काठमाडौंमा माओवादी नेता सत्या पहाडीले लेखेको किताब बिमोचन गर्दै उनले भने ‘तर उनले मूर्खता गरे। त्यसैले मैले भन्ने गरेको उनको त्यही भिलेनको रोलका कारण पनि गणतन्त्रको आधार तयार भएको हो।’
फेरि राजतन्त्र फर्काउने नाटक मञ्चन गरिरहेको भन्दै उनले अर्को मूखर्ता नगर्न पनि ज्ञानेन्द्रलाई भने।
‘त्यही मूर्खता फेरि दोहोर्याउने कोसिस गर्दा अझ नराम्रो मूल्य चुकाउनुपर्नेछ’ उनले चेतावनी दिँदै भने।
तर उनले यही राजतन्त्र फर्काउने वा नफर्काउने भन्ने बहसले समाजवादको चेतनालाई अझ अभिवृद्धि हुने पनि बताए।
‘तर अहिले जे जस्तो बहस चलिरहेको छ त्यसले समाजवादको नयाँ चेतना जगाएको छ’ उनले भने ‘राजतन्त्र फर्किने सम्भावना त छैन। तर यो बहसले समाजवादको बाटोलाई अझ अघि बढाउन मदत गरेको छ।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया