बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरूले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठक पश्चात उनले विश्वविद्यालयलाई दलहरूले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताईन्।
दलहरूले आफू सभापति महामन्त्री बन्न विद्यार्थीहरूलाई सिँढीको रुपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उनको भनाई छ।
उनले भनिन्, ‘विश्वविद्यालयलाई दलहरूले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेका छन्। यसलाई तत्काल रोक्नु पर्छ। स्ववियूको निर्वाचनमा के भईरहेको हो? एकदमै झगडाको माहोल बनेको छ। धेरै जनालाई यो विद्यार्थीहरूले गरेको जस्तो लाग्छ तर मलाई लाग्छ यो दलहरूले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरूलाई आफ्नो सिँढीको रुपमा प्रयोग मात्र गरिरहेका छन्। यस्तो पाराले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न सक्दैन।’
यसको साथै, उनले सदनमा घृणाको राजनीति नगरौं भनेर भन्ने दलहरूले नै विद्यार्थीहरूलाई एकअर्कालाई कुट भनेर आदेश दिने गरेको भन्दै यो भन्दा बढी घृणाको काम अरु केही हुन नसक्ने बताईन्।
उनले भनिन्, ‘यही सदनमा छन् धेरै जना कमान्डरहरू, सदनमा राम्रो कुरा गर्छन् घृणाको राजनीति नगरौं भनेर। तर बाहिर विद्यार्थीहरूलाई एकअर्कालाई कुट भनेर भन्ने योभन्दा बढी घृणाको काम अरु के हुन सक्छ? यस्तो काम दलहरूले गर्न लगाइ रहेको छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया