
बिएल संवाददाता
राजावादी आन्दोलनका हर्ताकर्ता दुर्गा प्रसाईंले सोमबार ट्रकसहित बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा माओवादीका नेताहरूको भएको दाबी गरेका छन्।
बुधबार राजतन्त्र फर्काउने आन्दोलनको आगामी यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पैसा बोकेर चीन जाने क्रममा टोखाबाट बरामद भएको रकम तस्करीमा ठूलै नेताहरूको हात रहेको दाबी गरेका हुन्।
उनले त्यो रकम चीन जाने र चीनबाट सुन ल्याएर नेपालको बाटो हुँदै भारत तस्करी हुने दाबीसमेत गरे। उनले भारतलाई नेपालबाट तस्करीमा सबैभन्दा धेरै खतरा रहेको भन्दै यसअघि नै जानकारी गराएको पनि भनेका छन्।
उनले भने, ‘हिजो हेर्नुस् २५ करोड रुपैयाँ ट्रकमा पक्राउ पर्यो, त्यो पैसा नेता र सुन तस्करको पैसा हो। त्यो पैसा कसको हो भन्नुपर्छ भने मै भनिदिउँला- त्यो पैसा भनेको माओवादी निकट खाने तिब्बतीयन नागरिकको हो। त्यो पैसा चीन जान्थ्यो, त्यहाँबाट सुन आउँथ्यो, त्यो सुन भारत जान्थ्यो। मैले भारतलाई पनि यही जवाफ दिएको थिएँ- सबैभन्दा ठूलो तस्करको स्रोत, तस्करको इपिसेन्टर भनेकै तिमीहरूको देशलाई खतरा नेपालबाट छ भनेर मैले पहिले नै भनेको थिएँ। त्यो कुरा हिजो प्रुभ भयो कि भएन?’
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया