बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडिका प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगेर उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
उनले भने, ‘अवैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहान्छु। कहिले सुन तस्करीका रुपमा, कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियालाई समाउने, जो धनी छ त्योसम्म नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग पनि गर्न चाहान्छु। भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो अहिले पनि सरकार त्यसैगरि अन्तिमसम्म नपुगेर ड्राइभर र भरियालाई मात्र समाएर नाइकेलाई समाउन सफल भएन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ। त्यसैले सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगोस्, जुन तहको भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याओस भनेर अनुरोध गर्न चाहान्छु।’
उनले जनतामा निराशा छाएको बेला सरकार तस्कर र भ्रष्टाचारीहरूलाई तह लगाउन तयार छ भन्ने सन्देश हिजोको कामले दिएको भन्दै सरकारलाई धन्यवाद पनि दिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया