बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडिका प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगेर उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
उनले भने, ‘अवैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहान्छु। कहिले सुन तस्करीका रुपमा, कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियालाई समाउने, जो धनी छ त्योसम्म नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग पनि गर्न चाहान्छु। भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो अहिले पनि सरकार त्यसैगरि अन्तिमसम्म नपुगेर ड्राइभर र भरियालाई मात्र समाएर नाइकेलाई समाउन सफल भएन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ। त्यसैले सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगोस्, जुन तहको भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याओस भनेर अनुरोध गर्न चाहान्छु।’
उनले जनतामा निराशा छाएको बेला सरकार तस्कर र भ्रष्टाचारीहरूलाई तह लगाउन तयार छ भन्ने सन्देश हिजोको कामले दिएको भन्दै सरकारलाई धन्यवाद पनि दिएका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया