बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए।
बुधबार कांग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए।
उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो र समावेशी समानुपातिक आधारमा बनेको संविधान हो। तर यो संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ। त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ।’
यसको साथै, उनले प्राप्त सुझावहरू पार्टीका लागि महत्वपूर्ण हुने भन्दै संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पुर्याउने बताए।
उनले भने, ‘प्राप्त सुझावहरू पार्टीका लागि महत्वपूर्ण सामाग्री हुनेछ भन्ने मैले विश्वास लिएको छु। आगामी दिनमा संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पुर्याउने छ भन्ने विश्वास लिएको छु।’
महिलाहरूले घरको काम पनि गर्नुपर्ने र राज्यले दिएको जिम्मेवारी अनुसार पनि काम गर्नुपर्ने हुँदा महिलाहरूको शिरमा अझ बढि जिम्मेवारी रहेको भन्दै यो सबै जिम्मेवारी पूरा गर्ने विश्वास लिएको पनि उनले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया