बिएल संवाददाता
ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरेका छन्।
बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपालबाट लोडसेडिङ कहिल्यै पनि नहटेको दाबी गरेका छन्। उनले अहिले पनि साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताए।
उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन। लोडसेडिङ छ। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो। खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। म दाबीका साथ भन्न सक्छु। अहिले भर्खरै पनि ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ।’
खड्काले निजी क्षेत्रको उत्पादन र भारतबाट विद्युत आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएकोले उनले कुलमानलाई उज्यालो नेपालको नायक भन्न नसकिने बताए। उनले बरु नेपालमा लोडसेडिङ हटाउन भारतको सहयोग रहेको दाबी गरे।
उनले भने, ‘उज्यालोको नायक भनेको कुलमान होइन। बरु यो धन्यवाद भारतलाई दिउँ, निजी क्षेत्रलाई दिउँ। जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ।’
मन्त्री खड्काले सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मात्र विद्युत उत्पादन गरिरहेको र २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरिरहेको बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया