बिएल संवाददाता
ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरेका छन्।
बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपालबाट लोडसेडिङ कहिल्यै पनि नहटेको दाबी गरेका छन्। उनले अहिले पनि साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताए।
उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन। लोडसेडिङ छ। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो। खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। म दाबीका साथ भन्न सक्छु। अहिले भर्खरै पनि ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ।’
खड्काले निजी क्षेत्रको उत्पादन र भारतबाट विद्युत आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएकोले उनले कुलमानलाई उज्यालो नेपालको नायक भन्न नसकिने बताए। उनले बरु नेपालमा लोडसेडिङ हटाउन भारतको सहयोग रहेको दाबी गरे।
उनले भने, ‘उज्यालोको नायक भनेको कुलमान होइन। बरु यो धन्यवाद भारतलाई दिउँ, निजी क्षेत्रलाई दिउँ। जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ।’
मन्त्री खड्काले सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मात्र विद्युत उत्पादन गरिरहेको र २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरिरहेको बताए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया