बिएल संवाददाता
युद्ध बिराम सकिएसँगै इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमाथि आक्रमण तीब्र पारेको छ। केही दिनदेखि हवाई आक्रमण गरिरहेको इजरायलले अब स्थल आक्रमणका लागि पनि सैनिक टोली खटाएको छ।
यसअघिका दुई दिन भएका हवाई आक्रमणमा कम्तीमा ४ सय भन्दा बढी प्यालेस्टाइनीहरू मारिएको हमासले जनाएको छ।
इजरायलले अब स्थल र हवाई दुबै आक्रमण तीब्रा पार्ने चेतावनी पनि दिएको छ।
कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमास दुबै युद्धबिरामका लागि तयार भएका थिए। तर यो बीचमा हमासले युद्धबिरामका नियमहरू पालना नगरेको र बन्दीहरू पनि छोडेको भन्दै इजरायले आक्रमण सुरु गरेको हो। मार्च १ देखि पहिलोचरणको युद्ध बिराम सकिएको थियो।
इजरायले अझै हमासको नियन्त्रणमा ५९ जना बन्दी रहको र तीमध्ये २४ जिवित हुनसक्ने बताएको छ।
१८ महिनाअघि हमासले इजरायलमाथि एकाएक आक्रमण गर्दै युद्धको धावा बोलेको थियो। त्यसक्रममा इजरायलमा पढ्दै गरेका दश जना नेपाली विद्यार्थी पनि मारिएका थिए। त्यही बेला हमासले नियन्त्रणमा लिएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया