बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाउने काम भएको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘राजा फर्किँदैनन्’ भन्नेहरूले जनतालाई मार्क्स, लेनिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन्।
उनले भने ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ। गइसकेको राजा फर्किँदैन भने मार्क्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन। त्यो चाहीँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो। कसैका विरुद्धको आन्दोलनमा होइन। स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ? यो कुरा याद गरेर संसदमा आवाज उठाइदा विचार पुर्याइयोस्’
साथै, पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरूको मुटु, कलेजो हल्लिएको उनले टिप्प्णी गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया