बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन्।
राजनीतिक अन्तर्क्रियाको लागि बेलबारी पुगेका महासचिव (विप्लव)ले समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताए।
उनले भने, ‘अहिलेको व्यवस्था नै अधुरो छ। पहिलो संविधान बनाउँदा नै विवादहरू भयो। अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरू भएको छैन। राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो। समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता पनि हो।’
उनले राजाको पक्षमा मात्रै जनता नभएर गणतन्त्र र समाजवादको पक्षमा असंख्य जनता रहेको बताए। उनले नेपाली जनताको आवश्यक्ता समाजवाद भएको बताए।
उनले भने, ‘राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा त असंख्य जनता छन्। ७२ प्रतिशत जनता समजवादको पक्षमा छन्। अहिलेको नेपालको असन्तुष्टिबाट आफ्नो पराजय भोगेको राजतन्त्रले फेरी बौरिने प्रयत्न गरेको मात्रै हो। नेपाली जनताको आवश्यक्ता समाजवाद हो।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया