बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान कांग्रेस एमालेको सरकारमा सुशासन पटक्कै नभएको टिप्पणी गरेका छन्।
गिरिजाप्रसाद र लोकतन्त्र अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरे।
उनले भने, ‘कांग्रेस र एमालेको सरकार छ। तर सुशासन पटक्कै छैन। यो कुरा अब हामीले भन्ने कि नभन्ने मैले त पटक पटक भनिरहेको छु हामी सत्तापक्षका मान्छे हौं। तर, सरकारमा छैनौं। सरकारमा हुने मन्त्रीहर"ले एमालेसँग सहकार्य गर्नुहोस् हामीलाई कुनै आपत्ति छैन। तर सत्तापक्षमा छौं तर सरकारमा नहुनेको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने जिम्मेवारी छ।’
उनले देश जब अप्ठ्यारोमा पर्छ तब कांग्रेसकोले सफल नेतृत्व गरेको दाबी पनि गरे। तर, अब कांग्रेस कहिले एमाले त कहिले माओवादीको पक्षमा नलाग्ने बताए।
उनले भने, ‘अहिले कांग्रेस कहिले माओवादीको पछि लागेको छ। कहिले एमालेको पक्षमा लागेको छ। अब त्यो हुँदैन। अब हामी यसरी जाने भनेर निर्णय गर्नुपर्यो। त्यो निर्णयमा अरु दललाई पनि मिलाएर अगाडि लानुपर्छ। त्यो क्षमता हामीसँग छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया