बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन्। उनको १५ औं स्मृति दिवसका अवसरमा उनले स्व. कोइरालालाई आफ्नो जीवनमा कहिल्यै नबिर्सने बताएका छन्।
स्व. कोइरालाकै नेतृत्वमा दश वर्षसम्म सशस्त्र युद्ध गरेको नेकपा माओवादी संसदीय राजनीतिक बाटोमा आएको थियो। त्यो बेला स्व. कोइरालाले आफ्नो सारा राजनीतिक जिन्दगीलाई दाउँमा राखेर युद्ध लडिरहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए।
२०६२/०६३ सालको जनआन्दोलनको सर्वोच्च कमाण्डरसमेत रहेका कोइरालाल तत्कालीन माओवादीसँग बृहत शान्ति सम्झौता गर्ने एक प्रमुख साक्षी हुन्। २०६६ साल चैत ७ गते उनको काठमाडौंमा निधन भएको थियो।
जीवनको अन्तिम क्षणमा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुने आंकाक्षा राखेका कोइरालाको त्यो इच्छा भने प्रचण्डकै कारण पूरा हुन सकेन। माओवादीले प्रचण्डलाई नै गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा प्रचार गरेको थियो। तर प्रचण्ड आफैले कोइरालालाई पनि राष्ट्रपति हुन दिएनन्। र आफू पनि भएनन्। अहिले पनि उनले यो कुरामा बेलाबेला पछुतो गर्छन्।
‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु’ प्रचण्डले स्व. कोइरालालाई सम्झिदैं भनेका छन् ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया