बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरू, कमैयाका मुक्तिहरू र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन्।
शनिबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले वर्गीय संघर्षको आवाज बोल्नुपर्ने बताएका हुन्। उनले जनताले सीके राउत र आफूजस्तै उदारवादी नेता खोजेको दाबी पनि गरे।
उनले भने, ‘जनताले छल चाहेका छैनन्। जनताले हातेमालो चाहेका छन्। ती जनताले कप्टी नेता खोजेका छैनन्, डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्। डा. राउत र मैंले हात रहँदा दुईवटै पार्टीको संरक्षक बनाउने भन्नुभयो। म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै। म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरू, कमैया मुक्ति चाहन्छु। सदियौंदेखि आँगनमा टेक्न, देवता छुन र पधेँरोको पानी निकालेर पिउन दिइँदैन, त्यो वर्गीय संघर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ। देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिँदो रहेछ।’
उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु नहुने साथै देशको संविधानले अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक-फरक हुन नहुने बताए। उनले चुनावमा जिते-नजिते पनि आफ्नो प्रतिवद्धता थारु समुदायसँग रहेको बताए।
उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिवद्धता थारु समुदायसँग छ। यात्रामा साथी गुमाउन चाहँदैनौं। यात्रामा हातेमालो गर्न चाहन्छौं। मान्छेले धेरै कुरा गर्छन्। सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन। संविधानमा प्रत्येकको अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुनुहुँदैन।’
थारु र कमैयाहरूको समस्या समाधान गर्न एक्लै सकिदैनः डा.राउत
यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरू, कमैयाहरूहरूलाई जग्गा उपलब्ध गराउन आफू सधैं तत्पर रहने बताए।
उनले थारु र कमैयाहरूको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताए।
उनले भने, ‘हामी सबैजना मिलेर गयौं भने थारु र कमैयाहरूको समस्या समाधान गर्न सक्छौं। आफ्ना मागहरू पूरा गर्न सक्छौं। कञ्चनपुर जिल्लामा विस्थापित थारुहरू, कमैयाहरू जुन बसिरहेका छन् उनीहरूको जग्गा उपलब्ध गराउन म सधैं तत्पर छु।’
बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकताको अन्तिम तयारी भइरहेको जानकारी दिइयो।
तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दाबीसहित दुई पार्टीहरू एकताको लागि सहमत भइसकेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया