बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाह गोरखकाली, गोरखनाथ र मनकामनाको दर्शनका लागि गोरखा पुगेका छन्।
शुक्रबारबाट गोरखा भ्रमणमा निस्केका पूर्वराजा पूर्वराजाले शनिबार गोरखनाथ र गोरखकाली मन्दिरको दर्शन गरेका छन्। उनी त्यहाँबाट मनकामना मन्दिर दर्शनका लागि जाने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिए।
गोरखनाथ मन्दिरमा करिब दुई घण्टा पुजापाठ गरेर फर्किएका राजालाई समर्थकले भव्य स्वागत गर्दै नारावाजी गरेका थिए।
यसैक्रममा ज्ञानेन्द्रले एभिन्युज टेलिभिजनसँग छोटो कुराकानी गर्दै ‘कोही पनि केही गर्नलाई डराउनु नपर्ने’ भन्दै देशको शान्तिको कामना गरेका छन्।
उनले भनेका छन्, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभोलो नचिताओस्,भलो चिताओस्, केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन, देशको शान्ति कायमै होस्, देशमा विकास होस् र सबैलाई सुख र समृद्धि होस्।’
फागुन २५ गते पोखराको भ्रमणबाट काठमाडौं फर्किँदा पूर्वराजाको भव्य स्वागत भएको थियो। त्यसपछि नेपालको राजनीतिक अवस्था तरल छ। राजावादीहरू र गणतन्त्रवादीहरू एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन्।
यस्तै राजावादीहरू र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। राजावादी मोर्चाले चैत १५ गते काठमाडौंमा आन्दोलनको तयारी गरेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया