बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाह गोरखकाली, गोरखनाथ र मनकामनाको दर्शनका लागि गोरखा पुगेका छन्।
शुक्रबारबाट गोरखा भ्रमणमा निस्केका पूर्वराजा पूर्वराजाले शनिबार गोरखनाथ र गोरखकाली मन्दिरको दर्शन गरेका छन्। उनी त्यहाँबाट मनकामना मन्दिर दर्शनका लागि जाने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिए।
गोरखनाथ मन्दिरमा करिब दुई घण्टा पुजापाठ गरेर फर्किएका राजालाई समर्थकले भव्य स्वागत गर्दै नारावाजी गरेका थिए।
यसैक्रममा ज्ञानेन्द्रले एभिन्युज टेलिभिजनसँग छोटो कुराकानी गर्दै ‘कोही पनि केही गर्नलाई डराउनु नपर्ने’ भन्दै देशको शान्तिको कामना गरेका छन्।
उनले भनेका छन्, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभोलो नचिताओस्,भलो चिताओस्, केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन, देशको शान्ति कायमै होस्, देशमा विकास होस् र सबैलाई सुख र समृद्धि होस्।’
फागुन २५ गते पोखराको भ्रमणबाट काठमाडौं फर्किँदा पूर्वराजाको भव्य स्वागत भएको थियो। त्यसपछि नेपालको राजनीतिक अवस्था तरल छ। राजावादीहरू र गणतन्त्रवादीहरू एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन्।
यस्तै राजावादीहरू र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। राजावादी मोर्चाले चैत १५ गते काठमाडौंमा आन्दोलनको तयारी गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया