बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीप्रति जनलहर बढ्न थालेको दाबी गरेका छन्।
तराई-मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताले अबको भरोसा माओवादीमात्रै हो भन्ने बुझेका दाबी गरे। उनले आफूहरूको अभियानले बुर्जुवाहरू र मधेसवादी भनिने दलहरू हावाकावा भएको दाबी गरे।
उनले आफूप्रति जनताको सद्भाव बढेको दाबी गर्दै जनताले प्रचण्ड नै चाहिन्छ भन्न थालेको दाबीसमेत गरे।
उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ। जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्। तपाईंहरुले सुन्नुभएकै होला। त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ।’
उनले भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा कांग्रेस र एमालेनिकट सङ्गठनहरूलाई समेत आफ्ना विद्यार्थी संगठनले सखाप पारेको दाबी गरे। उनले कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रीत रहेको दाबी पनि गरे।
उनले भने, ‘०८४ मा सायद हामी सबै एक भएर मेहनत गर्यौं भने यी भ्रष्टाचारी, बुर्जुवा, दलाल, बिचौलिया र भूमाफियाको दिन सकिन्छ, जनताको असली राज आउँछ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया