बिएल संवाददाता
पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ।
१६ वर्षसम्म हुन नसकेको निर्वाचन चैत ५ गते गर्ने तयारी भएपनि फेरि विवाद हुँदा चैत १० गतेका लागि तय भएको थियो। आज भने बिहान ८ बजेबाट मतदान सुरु भएको छ। १६ वर्षपछि क्याम्पसले स्ववियु नेतृत्व पाउँदैछ।
निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलका अनुसार क्याम्पसमा ७ हजार ४ सय विद्यार्थी मतदाता छन्।
क्याम्पस अनेरास्ववियुको गढ मानिन्छ। पीएन क्याम्पसमा यसपटक स्ववियु सभापतिका लागि ८ जना दाबेदार छन्।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य समुह)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन्।
त्यस्तै अखिल छैटौं, प्राज्ञिक विद्यार्थी परिषदकाका पनि आ-आफ्नै उम्मेद्वार छन् भने २ जना स्वतन्त्र उम्मेद्वार पनि छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया