बिएल संवाददाता
सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। शनिबार दलित अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन्।
औरही गाउँपालिका-५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ।
आउँदो चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए।
यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझ मात्रै प्रहरीले पक्राउ गरेको थियो। बजरंगी बाबा भने अझै फरार छन्। उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
यता फरार भनिएका बाबाले भने पत्रकार सम्मेलन गरेर आफू भागेको नभइ दलाल मिडियाहरूले हल्ला फैलाएको दाबी गरे। उनले केही मिडियाहरूको नाम नै तोकेर ती दलाल मिडियाहरूको नास निश्चित रहेको दाबीसमेत गरे।
उनले भने, ‘म किन भाग्छु? चोरी डकैती गरेको छु र? यी दलालहरूको सर्वनास हुन्छ। भएन भने मेरो नाम बजरंगी बाबा नै होइन्।’
यता सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले भने पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानूनी कारवाही प्रक्रिया अगाडि बढेको बताएका छन्।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया