बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जवाफ फर्काएका छन्।
उनले राजाबारे धारणा बुझ्ने हो भने नेपाली काँग्रेसभित्र चुनाव गराउन पनि देउवालाई सुझाव दिएका छन्। आइतबार एउटा कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा हुन पनि लायक नभएको बताएका थिए।
त्यसको सट्टामा बरु उनलाई आफ्नै पार्टीको सभापति बनाउन पनि देउवाले राप्रपालाई सुझाव दिएका थिए।
त्यसको जवाफ फर्काउँदै राप्रपाका प्रवक्ता शाहीले भनेका छन् ‘राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग सपथ खाँदै बन्नुभएको हो?’
उनले बिपीको सिद्धान्त मान्दै हुर्केका देउवाले बिपीको सिद्धान्त पनि बेचेर खाएको आरोप लगाएका छन्।
‘बिपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू! हजुरले बिपीको सिद्धान्त पनि बेचेर खानुभएछ’ उनले भनेका छन् ‘जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया