बिएल संवाददाता
नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।
लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमा क्रममा शनिबार भएको निर्वाचन मतगणनाको अन्तिम परिणामअनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन्।
अर्का अध्यक्ष पदका उम्मेद्वार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेद्वारी दिएकी खड्काले १३ मत प्राप्त गरिन्।
यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समुहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समुहबाट उपाध्यक्ष उम्मेद्वार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैरे निर्वाचित भएकी छन्। उनले ३३९ मत प्राप्त गरेकी हुन्।
यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भए। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन्। उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरूको पनि साथ थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया