बिएल संवाददाता
नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको १०औं महाधिवेशन विवादित बनेको छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशबाट निर्वाचन नै नगरी कार्यसमिति घोषणाको तयारी भएपछि अध्यक्षका प्रत्यासी वर्तमान उपाध्यक्ष राजेश राई समूहले समानान्तर समिति बनाउने तयारी गरेको छ।
कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबार उद्घाटन भएको महाधिवेशनले नयाँ नेतृत्व चुन्दै छ। तर, निर्वाचन नै नगरी बालुवाटारको चिटबाट पदाधिकारी चयन गर्ने तयारी भइरहेको राई समूहले आरोप लगाएको छ।
जारी महाधिवेशनको उद्घाटन र बन्द सत्र आइतबार नै सकिएका छन्। महाधिवेशन कार्यतालिका अनुसार सोमबार निर्वाचनको दिन भएपनि अझैसम्म निर्वाचन प्रक्रिया सुरु हुन नसकेको राई समूहका एक पत्रकारले बताए। उनका अनुसार निर्वाचन समिति नै नबनाइ कार्यसमिति घोषणा प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
चौतारीको अध्यक्ष पदका लागि राईसँगै अर्का उपाध्यक्ष गणेश पाण्डे पनि मैदानमा छन्। तर, बालुवाटारले भने राईको नेतृत्वमा उपाध्यक्षमा हिरामान लामा, महासचिवमा चेतन अधिकारी र हरिवल्लव नेपाललाई चयन गर्न निर्देशन भएको उनले बताए।
‘एमालेमा लोकतन्त्रको हत्या भइसक्यो। ‘बा’को आदेश नै लोकतन्त्र भयो। निर्वाचन हुने हो भने राजेश दाईको जित सुनिश्चित छ,’ उनी भन्छन्, ‘निर्वाचन नगरी पेलेर जान खोजे हामी समानान्तर कार्यसमिति बनाउने तयारीमा छौैं। अहिलेसम्म निर्वाचन प्रक्रिया अघि बढाइएको छैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया