बिएल संवाददाता
सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति जुटेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरूबीचको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको बैठकमा सहभागी प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले बताए।
उनले भने, ‘केही समयअगाडि दुइटै आयोग गठनका निम्ती सर्च कमिटी बनेको थियो। सिफारिस समितिले प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदन पनि राखियो। दलहरूकाबीचमा सहमति निर्माण गरेर जाने विगतको परम्पराजस्तै तीन दलका शीर्ष नेता बसेर छलफल गर्नुभयो। त्यसमा हामी एउटा निष्कर्षमा हामी पुगेका छौं।’
बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति ‘सर्च कमिटी’ अगाडि बढाउन प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग छलफल गरेको उनले बताए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया