बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतप्रतिनिधिले गरेका राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
सुनसरीको इनरुवामा आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचार पनि ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहाँ पाउँदैनन्। त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यान दिनुपर्छ। जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ। संवाद र छलफलले मात्र संगठन मजबुत हुन्छ।’
संविधानभित्रै रहेर जनताको अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनुपर्ने धारणा राखे। कांग्रेसकै कारण संघीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूलाई राजद्रोहको मुद्धा लागेको अनुभव सुनाए।
कांग्रेस गणतन्त्र र संघीयताप्रति एक इन्च पनि दायाँबायाँ नहुने थापाले बताएका छन्।
महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस विभाजन हुँदा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रीक दुई पार्टी भयो। गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले काठमाडौंमा मात्र विकास भयो अब विकेन्द्रीकरणमा जानुपर्छ भन्दै प्रदेशको अवधारणा विकास गर्यो। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकले नेपाललाई संघीयतामा लैजाने निर्णय गरेको हो। त्यसैले संघीयता कांग्रेसको अवधारणा हो। यो सही ढंगले चलेको छैन तर चलाउन सकिन्छ। त्यसमा कांग्रेस दृढ संकल्पित छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया