बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली काँग्रेसलाई आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन चुनौती दिएका छन्। सरकारले नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि नेपाली काँग्रेसकै नेताहरूले पनि त्यसको विरोध गरेका छन्।
शाहीले काँग्रेस महामन्त्रीहरूलाई सम्बोधन गर्दै साँच्चिकै त्यसको विरोध गरेको हो भने मन्त्रीहरू फिर्ता बोलाउन र घिसिङलाई पुन:नियुक्ति गर्न चुनौती दिएका हुन्। त्यस्तै उनले एमालेसँग टिआरसी बिधेयकको सम्झौता तोड्न पनि चुनौती दिएका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र देउवासमेतको सहभागितामा टिआरसीमा सहमति भएलगत्तै ओली नेतृत्वको सरकारले कुलमानलाई हटाउने निर्णय गरेको हो।
त्यसपछि प्रचण्डले पनि सामाजिक सञ्जालमा लेखेर त्यसको विरोध गरे।
‘आफै झाँक्री आफै बोक्सी!’
‘काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माज्यू यदि साँच्चै तपाईँहरू कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुस् चाबी र ताला तपाईहरुकै हातमा छ’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ‘कमरेड प्रचण्डज्यू तपाईं यदि साँच्चै कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने हिँजो सिहँदरबारमा गोप्य रुपमा गरिएको टिआरसी विधेयक सम्झौता कांग्रेस एमालेसँगको तोड्नुहोस्। होइन भने हात्तीको जस्तो दुईवटा दाँत नदेखाउनुस् एउटा चपाउने एउटा लुकाउने। गोहीको जस्तो आँसु नझार्नुस्। सामाजिक सञ्जाल र सडकमा रमिता र नाटक नगर्नुस्।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया