बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली काँग्रेसलाई आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन चुनौती दिएका छन्। सरकारले नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि नेपाली काँग्रेसकै नेताहरूले पनि त्यसको विरोध गरेका छन्।
शाहीले काँग्रेस महामन्त्रीहरूलाई सम्बोधन गर्दै साँच्चिकै त्यसको विरोध गरेको हो भने मन्त्रीहरू फिर्ता बोलाउन र घिसिङलाई पुन:नियुक्ति गर्न चुनौती दिएका हुन्। त्यस्तै उनले एमालेसँग टिआरसी बिधेयकको सम्झौता तोड्न पनि चुनौती दिएका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र देउवासमेतको सहभागितामा टिआरसीमा सहमति भएलगत्तै ओली नेतृत्वको सरकारले कुलमानलाई हटाउने निर्णय गरेको हो।
त्यसपछि प्रचण्डले पनि सामाजिक सञ्जालमा लेखेर त्यसको विरोध गरे।
‘आफै झाँक्री आफै बोक्सी!’
‘काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माज्यू यदि साँच्चै तपाईँहरू कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुस् चाबी र ताला तपाईहरुकै हातमा छ’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ‘कमरेड प्रचण्डज्यू तपाईं यदि साँच्चै कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने हिँजो सिहँदरबारमा गोप्य रुपमा गरिएको टिआरसी विधेयक सम्झौता कांग्रेस एमालेसँगको तोड्नुहोस्। होइन भने हात्तीको जस्तो दुईवटा दाँत नदेखाउनुस् एउटा चपाउने एउटा लुकाउने। गोहीको जस्तो आँसु नझार्नुस्। सामाजिक सञ्जाल र सडकमा रमिता र नाटक नगर्नुस्।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया