बिएल संवाददाता
अमेरिकी गुप्त सुरक्षा सूचना बाहिर लिक भएपछि अहिले पूरै अमेरिकी सुरक्षा संयन्त्रभित्र हलचल मच्चिएको छ। यमनको हुथी बिद्रोहीमाथि आक्रमणको तयारीबारे अमेरिकी सूचना एउटा ग्रुपच्याटबाट बाहिरिएको हो।
त्यसले अहिले पूरै ह्वाइट हाउसमै हलचल मच्चिएको छ। खासमा अमेरिकाले कहाँ, कसलाई र कहिले आक्रमण गर्दैछ भन्नेबारेमा लगभग सित्तिमित्ति कसैलाई थाहै हुन्न।
द एटलान्टिक पत्रिकाका एकजना सम्पादकले उक्त कुरा बाहिर भनेका हुन्। अमेरिकी उच्च सुरक्षा अधिकारीहरूको एउटा सामूहिक च्याटमा उनी पनि जोडिएका थिए। तर त्यो च्याट ग्रुपमा उनलाई ‘भूलवश’ जोडिएको भन्दै एकजना राष्ट्रिय सुरक्षा सल्लाहकारले माफी पनि मागेका छन्। त्यो ग्रुपमा उपराष्ट्रपति जेडी भेन्स, गुप्तचर निकायका निर्देशक जोन र्याटक्लिफ, ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्स र रक्षा सचिव पिट हेगसेथहरू थिए।
द एटलान्टिक पत्रिकाका एकजना सम्पादक जेफ्रा गोल्डवर्गका अनुसार उनलाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्टजले उक्त ग्रुपमा जोडेका थिए।
यमनमा हुनेवाल आक्रमणबारे सूचनाहरू आदान प्रदान गर्न र एकअर्कालाई समन्वय गर्नका लागिउक्त ग्रुप च्याट बनाइएको थियो।
‘हुथी पिसी स्मल’ नामको त्यो ग्रुप च्याटमा यमनमाथि आक्रमणका कैयौं सूचनाहरू साझा गरिएका थिए।
१५ मार्चमा अमेरिकाले हुथि विद्रोहीमाथि आक्रमण गरेको थियो। आक्रमण गरेको दुई घण्टामै वाल्टजले ग्रुप च्याटमै ‘अपरेशन सफल भयो’ भनेर लेखेको पत्रकार जेफ्राले बताएका छन्।
अमेरिकी सुरक्षा संयन्त्रले भूलवश भएको भन्दै क्षमा याचना गरेको छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो कुरा स्वीकार गरेका छैनन्।
‘ए! तपाईंहरूले एक धाकेवाज अनि बदनाम पत्रकारको बारेमा कुरा गर्दै हुनुहुन्छ? हामीले कुनै पनि युद्धका बारेमा कुनै पनि सन्देश कसैलाई पठाएका छैनौं’ पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन् ‘मलाई यसबारेमा केही पनि जानकारी छैन। मेरा लागि त त्यो एटलान्टिक एक त्यस्तो म्यागेजिन हो जो चाँडै नै बन्द हुँदैछ। अब यसबारे मलाई अरु केही भन्नु छैन।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया