बिएल संवाददाता
काठमाडौं महानगरका प्रमुख बालेन शाहले सके आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमा एउटा छानबिन प्रतिवेदन सार्वजनिक गर्दै उनले सरकारलाई ‘भ्रष्टाचारी बचाएको आरोप पनि लगाएका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले निलम्बन गरेका थिए। तर उनको ठाउँमा भने सरकारले कुनै पनि कर्मचारी पठाएको छैन र बरु गरागाईंलाई नै त्यसैमा पदस्थापन गर्न भनिरहेको छ। तर बालेनले मानिरहेका छैनन्।
यही लडाईंका कारण उनीलगायत महानगरका कुनै पनि कर्मचारीहरूले तलव पाएका छन्। मंगलबार बिहान उनका आफ्नै कर्मचारीहरूले लेखेको एउटा प्रतिवेदन सार्वजनिक गर्दै उनले आफूले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘भ्रष्ट’ भनेका छन्।
‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नुपर्ने’ उनले लेखेका छन् ‘माथिको कुरा गलत भए मलाइ जेल हाल।’
यसअघि उनले सोमबार साँझ आफ्ना कर्मचारीहरूलाई एकसाताभित्र तलव दिने वातावरण नभए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका थिए।
‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले’ सामाजिक सञ्जालमा उनले लेखेका थिए ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमीहरुको के के तन्त्र हो!’
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौति दिएका हुन् ।
फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिएका छन् ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया