बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने कामहरू भइरहेको बताएका छन्।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए।
उनले भने, ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ। केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो। विरोधीहरू लाग्छन्।’
यसका साथै, उनले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरू बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरूमा अल्झिएर नबस्ने बताए।
उनले भने, ‘सरकार र आफूबाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ। कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरूमा उहाँहरू धेरै नै सक्रिय देखिनुहुन्छ। म यस्ता कुराहरूमा धेरै अलमल गर्न चाहान्न। हामीले देशको विकास गर्नु छ। अनावश्यक कुराहरूमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन्। त्यो हुन हामी तयार छैनौं। हामी आफ्ना विषयमा केन्द्रीत हुन्छौं। आफ्ना काममा केन्द्रीत हुन्छौं र आफ्नो देश विकासको लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने यस कुरामा हाम्रो ध्यान रहेको छ।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया