बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीहरूले विद्युत प्राधिकरणमा वर्षौंदेखि भइरहेका कामलाई नजरअन्दाज गर्दै कुलमान आउने वित्तिकै चमत्कार भएजस्तो प्रचार गरेको टिप्पणी गरेका छन्।
मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्षौं लगाएर भएका कामलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको दाबी गरे।
उनले प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै ‘प्रमिथस’ बन्न खोजेको आरोप लगाए।
उनले कथा सुनाउँदै भने, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो। पृथ्वीका मान्छेहरूलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरूमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए। त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो। ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ।’
ओलीले प्रचण्डतर्फ इंगित गर्दै भने, ‘उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभयो। अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो। त्यसबेला ल्याउनुभएको थियो कि। उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्ने? कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु।’
त्यस्तै उनले प्राधिकरणको प्रमुखमा बाहिरबाट खोजेर ल्याएको मान्छे नभइ त्यहींबाट अवकाशप्राप्त भइसकेको मान्छेलाई नियुक्ति गरेको भन्दै प्रचण्डले हितेन्द्रदेव शाक्यलाई निष्काशन गरेर, सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिएको बताए।
उनले भने, ‘एकजना मित्रको स्टाटस देख्या थिएँ। त्यहाँबाट अवकाशप्राप्त भइसक्या मान्छेलाई, त्यहीँबाट हुर्किएर आएको त्यहीँको मान्छेलाई/क्याडरलाई नियुक्ती दिएको हो। बाहिरबाट खोजेर ल्याएको होइन। त्यस्तो मान्छे उहाँले निष्काशन गर्नुभयो, सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभयो जहाँ उसको कार्यक्षेत्र होइन। अनि रिटायर्ड मान्छेलाई फेरि ल्याएर राखिदिनुभयो।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया